पाेखरामा मन्त्री विरुद्ध घन्कियो नारा: ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ (फोटो फिचर )
कास्की | असार २८, २०७९
पोखरा: गण्डकी प्रदेश सभा भवन गेटमा नेकपा एमालेका भातृ विद्यार्थी संगठन अनेरास्ववियुु र राष्ट्रिय युवा संघले सँयुक्त रुपमा विरोध प्रर्दशन गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायत अन्य मन्त्रीहरुले पारिवारिक नाममा स्थापित कोषलाई बजेट विनियोजन गरेको विरोधमा विभिन्न नाराबाजी सहित प्रर्दशन गरेको हो ।
प्रर्दशनको क्रममा युवा तथा विद्यार्थीहरुले ‘सागर, कृष्णे, बसन्ते गण्डकी प्रदेश मगन्ते’ भन्दै नारा लगाए । त्यातिमात्रै होइन, उनीहरुले मुख्यमन्त्रीको राजिनामा समेत मागे । उनीहरुले राष्ट्रिय जनमोर्चाको संसदीय दलकी नेतृपियारी थापालाई समेत व्यङ्ग्य प्रहार गरे । ‘कता गयौं पियारी १ करोड सिंगारी’ भन्दै नाराबाजी गरे ।
यसैगरि ‘मुख्यमन्त्री राजीनमा दे, ‘देश लुट्न पाइँदैन’, ‘वडामन्त्री मुर्दावाद’ ‘सागर कृष्णे बसन्ते गण्डकी प्रदेश मगन्ते’ ‘पिएन क्याम्पसमा होस्टेल निर्माण गर’ लगायतका नारा घन्काएका थिए ।
हेरौं, सुनगाभाकर्मी बिबि रोकामगरको लेन्सबाट विरोध प्रर्दशन:-













पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

